Monday, May 4News That Matters

प्रहरी बढुवामा भएको आर्थिक चलेखललाई शून्यमा झारिएको गृहमन्त्रीको दाबी

पूर्णपुष्टि,असार २२ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको बढुवामा हुने आर्थिक चलखेल शून्यमा झारेको दाबी गरेका छन् । मन्त्री श्रेष्ठले शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रहरीको बढुवामा आर्थिक चलखेल शून्यमा झारेको दाबी गरेका हुन् ।

उनले भने ‘मेरो सचिवालयले कहीँ आर्थिक चलखेल गरेको देखाउनुभयो भने म राजनीतिक नै गर्दिन । प्रहरीको सरुवा बढुवामा हुने आर्थिक चलखेल शून्यमा झारेको छु ।’ श्रेष्ठको भनाइ छ । प्रहरीमा वरिष्ठ प्रहरी निरीक्षक (असई)बाट इन्स्पेक्टर (प्रहरी निरीक्षक) मा बढुवा गर्ने तयारी भइरहेको छ । ३७ जनामध्ये २६ जना पीएसओहरुमात्र रहेको बुझिएको छ ।

फरक प्रसङ्गमा मन्त्री श्रेष्ठले मिटरव्याजीहरुलाई कारवाहीका लागि कानुन बनाएर कारबाही गर्नुपर्छ भनेर सुरु देखि आफू लागेको पनि बताए । ‘म मिटरव्याजीलाई कानुन बनाएर कारबाही गर्नुपर्छ भनेर सुरु देखि नै लागेँ, तर कानुन बनाउने अन्तिम समयमा संसद् अवरुद्ध भयो र पास हुन दिइएन’, श्रेष्ठको गुनासो छ ।