Thursday, May 21News That Matters

प्रहरी हौ भन्दै लुटपाट गर्ने २ जना पक्राउ

पूर्णपुष्टि, असोज २६ । मोरङमाप्रहरी हौ भन्दै लुटपाट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर–१ का ३८ बर्षीय दिपक तामाङ र बिराटनगर–४ का सुनिल थापा रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुनिल दाहालका अनुसार उनिहरुले असोज २२ गते बिराटनगर–१२ का रवि कुमार साह सुडीलाई बिराटनगर–११ मा रोकेर हामी प्रहरी हौ भन्दै नियन्त्रणमा लिई लुटपाट गरेका थिए । सुडीलाई घर नजिकैबाट पिछा गरेको र बिराटनगरको रोडसेष चोकमा पुगेपछि मोटरसाईकल रोकी बिराटनगरको हनुमान मन्दिर छेउमा लगी लुटपाट गरेको डिएसपी दाहालले बताए ।

लुटपाट भएको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको उनले बताए । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नगद ८ लाख ६५ हजार, रोयल ईन्फिल्ड मोटरसाईकल, चेकबुक, एटिएम बुक समेत बरामद गरेको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङले गरिरहेको डिएसपी दाहालले जनाए ।