
पूर्णपुष्टि, मंसिर २९ ।
त्रियुगा नगर युवा सञ्जालले एक प्रहरी चौकीलाई फर्निचर सामान सहयोग प्रदान गरेको छ । सञ्जालले लालपत्ता प्रहरी चौकीलाई सहयोग प्रदान गरेको हो ।
सञ्जालका पदाधिकारी तथा सदस्यहरु आप्mनो तर्फबाट आर्थिक जुटाई ८ वटा प्लाष्टिकको कुर्सी र एकथान भित्तेघडी सहयोग प्रदान गरेको उपाध्ययुवक्ष सुप्रिया पुडासैनीले बताईन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक ज्ञानबहादुर माझी, स्थानीय समाजसेवी जनार्दन रेग्मी लगायतको उपस्थितिमा सञ्जालको अध्यक्ष लगायतका पदाधिकारी तथा सदस्यहरुले चौकीलाई सामान प्रदान गरेको हो ।
सञ्जालकी सदस्य सबनम मोतेका अनुसार चौकीलाई फर्निचरका सामानहरु आवश्यक देखिएकोले सञ्जालले सहयोग गरेको हो । विभिन्न सामाजिक गतिविधि गर्दै आएको सञ्जालले सर्जनशिल कार्य गर्दै आएको उनले बताइन् ।
