
पूर्णपुष्टि, बैशाख २७ गते ।
काठमाण्डौमा प्रहरीमाथी हातपात गर्ने चार जना चिनियाँ नागरिकलाई मुद्दा चलाउने तयारी भएको छ । उनीहरु विरुद्ध अभद्र व्यवहारको मुद्दा दायर गर्ने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
हिजो सिंहदरबारको मूल गेट अगाडि निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि रोक्ने क्रममा चिनियाँ नागरिकहरुले हातपात गर्दा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतसहित चार जना प्रहरी घाइते भएका थिए ।
शुक्रबार पक्राउ परेका ४७ जनामध्ये दुई जनालाई दरबारमार्ग र दुई जनालाई सिंहदरबार वृत्तमा राखिएको छ भने बाँकी ४३ जनालाई छाडिएको प्रहरीले जनाएको छ ।
