Friday, July 17News That Matters

प्राकृतिक दोहनमा संलग्न ९ वटा सवारी साधनसहित चालक नियन्त्रणमा

पूर्णपुष्टि, असार २० गते ।
मोरङमा अवैधरुपमा प्राकृतिक दोहनमा संलग्न नौं वटा सवारी साधनसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको केराबारी–८ स्थित रहेको खदम खोला, केराबारी–७ स्थित रहेको मुगु खोला, सुन्दरहरैचा–५ स्थित रहेको बुढीखोला र बेलबारी–२ स्थित रहेको लोहन्द्रा खोलाबाट अवैधरुपमा गिटि, बालुवा उत्खनन् गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सवारी र चालकलाई नियन्त्रणमा लिएको हो ।
टिफर ४ वटा, ट्रयाक्टर ४ वटा, एउटा जेसिवि र तीनका चालकसहित नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । नियन्त्रणमा लिईएका नौं वटै सवारी साधनसहित चालकहरुलाई आवश्यक कारवाहीको लागि बेलवारी नगरपालिकाको कार्यालय र केराबारी गाउँपालिकाको कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।