Tuesday, June 9News That Matters

प्राकृतिक विपद् बारे उदयपुरमा कृत्रिम अभ्यास

पूर्णपुष्टि, फागुन १

कुनै पनि वेला आई पर्न सक्ने प्राकृतिक विपद्बारे नाटकीय अभ्यास उदयपुरमा गरिएको छ । त्रियुगा नगरपालिका ६ देउरीमा बिभिन्न प्राकृतिक विपतिको पूर्व तयारी र त्यसको सामाधान बारे नक्कली अभ्यास गरिएको थियो ।

विपद्को समयमा कस्को भुमिका के भन्दै स्थानीय सरकार, प्रशासन, सुरक्षाकर्मी, संञ्चारकर्मी, संघसंस्था, स्वास्थय क्षेत्र, विद्यार्थी, शिक्षक, रेडक्रस सोसाईटी, बुद्धिजिवि लगाएत ग्रुप बनाई सबैलाई आ–आफ्नो भुमिका विषयक जिम्मेवारी दिइएका थिए ।यी सबै क्षेत्रले विपद्को समयमा आफ्नो भुमिका निर्वाह सम्बन्धि आफ्नो नाटकीय कृतिम भुमिका अभ्यास प्रस्तुत गरेका थिए ।

प्राकृतिक विपद्मा यी सबै क्षेत्रहरु एकजुट भएर लागि परे विपद् सामाधान गर्न सकिने भन्दै सबै सम्बन्धित क्षेत्रको सहभागीमा पूर्व तयारी र अभ्यास गरिएको जिल्ला व्यवस्थापन समिति उदयपुरले जनाएको छ ।

जुनसुकै समयमा पनि आईपर्ने प्राकृतिक विपदका घटना भुकम्प, बाढी पहिरो, आगलागी, सर्पदंश, दुर्घटना लगायत बिषयमा कृतिम नाटक सिमुलेसन  प्रा्रक्टीस गरिएको आयोजकले जनाएको छ । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले प्राकृतिक प्रकोपबार सचेतना नहँदा यसबाट धेरै धन जनको क्षती पुग्ने बताउनुभयो । कुनै पनि विपद्लाई समधान गर्न आफुहरु सचेत रहे यसबाट बच्न र समधान गर्न सकिने बताउनुभयो । प्राकृतिक विपदमा बढीजसो मानिसहरु आत्तिने डराउने समधानको उपाय नखोज्नाले यसबाट धेरै मानिसहरु असुरक्षित हुने बताउनुभयो । मेयर चौधरीले यस सचेतना कार्यक्रमले अबको जोखिमहरुमा सामाधानको उपाय र कम क्षतीको भुमिका खेल्ने बताउनुउनुभयो ।

बेलका नगरपालिकाका प्रमुख दुर्गा कुमार थापाले यस कार्यक्रमले धरै मानिसमा चेतनाको विकास गर्ने बताउनुभयो । उदयपुर पनि एक प्राकृतिक प्रकोपको उच्च जोखिम रहेको बताउँदै यो निकै उपयोगी कार्यक्रम रहेको बताउनुभयो । प्राकृतिक विपद्बारे सचेत कार्यक्रमहरु अतिआवश्यक रहेको भन्दै प्राकृतिक प्रकोप विवद् व्यवस्थापनमा यस कार्यक्रमले ठुलो भुमिका खेल्ने बताउनुभयो ।जिल्ला प्रशासन कार्यालय उदयपुरका निमित्त जिल्ला प्रमुख अधिकारी तथा जिल्ला व्यवस्थापन समिति उदयपुरका अध्यक्ष विनोद कुमार पोखरेलले प्राकृतिक प्रकोपको जोखिम न्युनिकरणका लागि सबै भन्दा बढी महत्व सचेतना कार्यक्रमको रहेको बताउनुभयो ।

उहाँले विपद्मा सबैको भुमिका उत्तिकै रहने भन्दै त्यस्तो बेला एउटाको मात्र मुख हेरेर बस्न नहुने र सबैको भुमिका निर्वाह गरे बिपद्लाई तत्काल समाधान गर्न सकिने बताउनुभयो । त्यसैका लागि पनि आफ्नो भुमिका विषयक अभ्यासहरु कार्यक्रममा संञ्चालन गरेको बताउनुभयो ।

जिल्ला व्यवस्थापन समिति उदयपुरको आयोजना, रेडक्रस सोईटी उदयपुरको प्राविधिक सहयोग र त्रियुगा नगरपालिकाको समन्वयमा कार्यक्रम गरिएको थियो ।