
पूर्णपुष्टि, फागुन २१ । प्रिमियर लिगमा शिर्ष स्थानमा रहेको आर्सनलले बोर्नेमाउथमाथि शानदार पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा दुई गोलले पछि परेको स्थिति उल्टाउँदै बोर्नेमाउथलाई २–३ गोल अन्तरमा आर्सनलले जित हात पारेको हो ।
खेलको ९.११ सेकेण्डमा फिलिप बिलिङले बोर्नेमाउथलाई आग्रता दिलाएका थिए । प्रिमियर लिगको ईतिहासमा बिलिङले दोस्रो चाँडो गोल गरेका हुन् । यसअघि सेन लङले सन् २०१९ मा साउथह्याम्पटनका लागि वार्टफोर्डविरुद्ध ७.६९ सेकेण्डमा गोल गर्न सफल भएका थिए । त्यस्तै खेलको ५७ औँ मिनेटमा मार्को सेनेसीले टोलीको अग्रता दोब्बर बनाए ।
खेलको ६२ औँ मिनेटमा थोमास पार्टलेले एक गोल फर्काएपछि आर्सनल खेलमा फर्कियो । लगत्तै बेन वाइटले बराबरी गोल गरे । इन्जुरी समयमा रेइस नेल्सनले उत्कृष्ट गोल गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अंक दिलाए । जीतसँगै आर्सनलले शीर्ष स्थानमा पुनः ५ अंकको अग्रता लिएको छ । सिटीले शनिबार नै न्युक्यासललाई हराउँदै आर्सनलमाथि दबाब बढाएको थियो । बोकर्नेमाउथ भने २१ अंकसहित लिगको पुछारमा रहेको छ ।
