Friday, May 22News That Matters

प्रिमियर लिगमा लेस्टरको जित

पूर्णपुष्टि, असोज १२ 

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले जित हात पारेको छ । घरेलु मैदानमा यो सिजनमा पहिलो खेल खेलेको म्यानचेस्टर सिटीलाई लेस्टरले ५–२ गोलले पछि पार्दै जित हात पारेको हो ।
लेस्टरको जितमा जिमी भार्डीले ह्याट्रिक गरे । जितसँगै लेस्टर लिगको शीर्ष स्थानमा उक्लिएको छ । उसले तीन खेलमा तीन जित निकालेको छ भने सिटीले दोस्रो खेलमा नै हार व्यहोरेको छ । सिटीले सुरुवाती गोलको अग्रता जोगाउन नसकेपछि लेस्टरले लगातार चार गोल गर्यो ।
यो सिजनमा ह्याट्रिक गर्ने भार्डी पहिलो खेलाडी बनेका छन् । यो जितपछि लेस्टरले तीन खेलमा नौ अंक बनाएको छ भने सिटीको दुई खेलमा तीन अंक छ ।