
पूर्णपुष्टि, जेष्ठ २
कञ्चनपुरमा निषेधाज्ञाका बेला प्रेस लेखेको ज्याकेट लगाएर लागुऔषध ओसारपसारमा संलग्न एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रेस पासको दुरुपयोग गरी लागुऔषध ओसार पसार गरेको आरोपमा शुक्लाफाँटा नगरपालिकाका २५ वर्षीय नरेशप्रसाद जोशीलाई प्रहरीले पक्राउ हो । निषेधाज्ञाको समयमा उनलाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट भुडा र झिलमिलासँगै भारतीय एसएसबीसहितको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो ।
उनीसँग रहेको ७ ग्राम खैरो हिरोइन, एउटा क्यामेरा, दुईवटा मोबाइल, विभिन्न बैँकका पाँच वटा चेक, एउटा एटीएम कार्ड, एउटा मोटरसाइकल र सुदूर खबरपत्रिकाको परिचयपत्र समेत बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएका सामानसहित जोशीलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
उनलाई शनिबार सशस्त्र प्रहरी र भारतीय एसएसबीको संयुक्त गस्ती टोलीले बेल्डाँडी गाउँपालिकाको वैवाहस्थित सीमा क्षेत्रबाट पक्राउ गरिएको हो । उनको साथमा लागु औषध खैरो हिरोइन भेटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले जानकारी दिनुभयो ।
