Monday, May 11News That Matters

फरार अभियुक्त पक्राउ

उदयपुर, मंसिर २३ गते । 

जबरजस्ती बलात्कार गरी फरार रहेको अभियुक्त पक्राउ परेको छ । २०६८ सालमा जबरजस्ति बलात्कार गरेर फरार रहेको रामबहादुर विकलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

त्रियुगा नगरपालिका–१३ बरुवा खोला निबासी एक युवतीलाई जबरजस्ति करणी गरी फरार रहेको त्रिनपा–३ निबासी रिठे कामीको छोरा ३७ वर्षीय विकलाई निरन्तर खोजतलासको क्रममा त्रिनपा–१३ बाट दिउँसो करिब १२ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जबरजस्ति करणी गरी लुकिछिपी बस्दै आएका विकलाई पक्राउ गरी जिल्ला अदालतमा फैसला कार्यान्वयन गराउन पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।