Wednesday, June 3News That Matters

फुटवलमा अब्बल उदयपुरे युवा संजित श्रेष्ठ

पूर्णपुष्टि खेलकुद ब्यूरो
उदयपुर, फागुन २५ ।

उदयपुरका एक युवा फुटबलमा अब्बल देखिएका छन् । त्रियुगा नगरपालिका १० बोक्सेका संजित श्रेष्ठ फुटबलमा अब्बल देखिएका हुन् । उनी नेपाल पुलिसको ए–डिभिजन गोलरक्षक हुन् । खेल जीवनमा उनले थुप्रै पटक उत्कृष्ट गोलरक्षक र म्यान अफ दि म्याचको उपाधी हात पारिसकेका छन् ।

अहिले भने उनी आगामी बैशाख ११ गतेबाट सञ्चालन हुने नेपाल सुपर लिग २०२२ को खेलका लागि भएको अक्सनमा बिक्न सफल भएका छन् । उनको उत्कृष्ट खेलका साथै विगतको प्रदर्शनी र प्रस्तुतीका कारण नै क्लवमा बिक्न सफल भएका हुन् । उनलाई बुटवल लुम्बिनि फुटबल क्लवले किनेको छ । उनलाई पाउन क्लवले ५० हजार रुपैया लगाएको छ ।
नौं वर्षदेखि प्रहरीमा रहेका उनले हालसम्म बुढासुब्बा गोल्डकप–धरान, आहा रारा गोल्डकप–पोखरा, राजर्षि जनक कप फुटबल प्रतियोगिता सर्लाही लगायतका राष्ट्रिय स्तरका खेलहरु खेलिसकेका छन् । उनी त्रिनपा १० करमगाछीको एलेभेन स्टार फुटबल क्लवका पूर्व खेलाडी हुन् ।
यति ठूलो रकम पाउने उदयपुरको पहिलो खेलाडी श्रेष्ठ हुन् । गतवर्ष त्रिनपा ११ का सुनिल खड्का अक्सनमा २० हजारमा विकेका थिए ।
संजित श्रेष्ठका खेलकुद तस्बिरहरु :