Saturday, April 25News That Matters

फेरी एक महिलाको क्वारेन्टाइनमैे मृत्यु

पूणर्पुष्टि, जेष्ठ, २१

नेपालमा क्वारेन्टाइन र आइसोलेसनमा बस्नेहरुको मृत्यु हुनेको क्रम बढ्दो अवस्था छ ।

यो भन्दा पहिले मात्रै पनि आइसोलेसनमा रहेकी २ बर्षिय बालिका र क्वारेन्टाइनमा रहेका ६ बर्षिय बालकको ज्यान गइसकेको छ । २ बर्षिया बालिकाको भने कोरोना पुष्टि भएको थियो ।

आज मात्रै डडेलधुराको गन्यापधुरा गाउँपालिकामा रहेको क्वारेन्टाइनमा एक महिलाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका वडा नम्बर-२ की ३० वर्षीया महिलाको मृत्यु भएको स्थानीय प्रहरी चौकीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख दधिराम न्यौपानेका अनुसार उनी आफ्ना श्रीमानसहित ४ दिनअघि भारतबाट फर्केकी थिइन् ।

मंगलबार राति श्रीमानसँग शौचालय गएकी महिला अचानाक बेहोस भएपछि मृत्यु भएको प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक धनबहादुर बिष्टले जानकारी दिनुभयो । उनको मृत्यु बारे जिल्ला स्वास्थ्य कार्यलयले जानकारी लिरहेका छन् ।