Friday, June 19News That Matters

फ्रेन्च लिग वानमा पिएसजीको सहज जित, लिग लिडर उपाधि तर्फ लम्कदैँ

पूर्णपुष्टि,बैशाख ९ । फ्रेन्च लिग वानमा एन्गर्समाथि पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जित निकालेको छ । शुक्रबार राती भएको खेलमा पिएसजीले एन्गर्सलाई २–१ गोलले पराजित गरेको हो ।

एन्गर्सको मैदानमा भएको खेलको ९ औं मिनेट र २६ औं मिनेटमा पिसजीका लागी किलिएन एमबाप्पेले गोल गरेका थिए भने एन्गर्सका लागि सादा थिउबले ८७औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए । यस जितसँगै लिग लिडर पिएसजीले उपाधि होडलाई बलियो बनाउँदै लगेको छ । यस सिजनमा सबैखाले प्रतियोगिता गरी एमबाप्पेले ३४ गोल गरिसकेका छन् ।

लिग लिडर पिसजीले ३२ खेलबाट ७५ अंक जाडेको छ भने दास्रो स्थानको मार्सेमाथि ११ अंकको अग्रता लिएको छ । मरासले एक खेल कम खेलेको छ भने एन्गर्स ३२ खेलबाट १४ अंक सहित अंक तालिकाको पुछारमा रहेको छ ।