
मोरङ, चैत्र २८
मोरङमा स्काईभेटरको बकेट लागेर अप्रेटरको मृत्यु भएको छ । जहदा–१ भुटाहा चोकमा निर्माणाधिन बाटोमा काम गर्ने स्काईभेटर अप्रेटरको बकेटले लागेर सोही स्काईभेटरका चालक ताप्लेजुङ्गका २६ बर्षीय दिपक तामाङको मृत्यु भएको हो ।
शुक्रबार दिउसो करिब साढे २ बजे स्काईभेटरको तेल हाली तामाङले आफैले स्काईभेटर चेकजाँच गर्दा स्काईभेटरको बकेट खुस्केर लाग्दा घाईते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ३ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
