
पूर्णपुष्टि,माघ ११
मोरङमा बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा उर्लाबारी नगरपालिका–२ सिरुझार बस्ने ५० वर्षीय डिक बहादुर राईलाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले आफ्नै श्रीमती ३५ वर्षीया दिलमाया राईलाई बञ्चरो प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ परेको हो ।
घरायसी विवादको क्रममा राईले दिलमायालाई बञ्चरो प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । घाइते दिलमायाको मंगलबारे अस्पताल हुँदै न्यूरो अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
