Wednesday, June 10News That Matters

बढी भाडा लिनेलाई ठगी मुद्दा चलाउने

पूर्णपुष्टि, असोज २६

ट्राफिक प्रहरीले चाडपर्वको मौका छोपी बढी भाडा असुल्नेलाई ठगी मुद्दा चलाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका लागि तयार पारेको सुरक्षा रणनीतिमा बढी भाडा लिनेलाई कारबाही गरिने जनाएको छ ।
चोक–चोकमा सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरेर गाडीमाथि निगरानी बढाउने प्रहरीले जनाएको छ । कोभिड–१९ को सङ्क्रमण बढेसँगै बसको सिट क्षमताको आधाभन्दा बढी यात्रु बोके कारबाही गर्ने जनाएको छ ।

यसवर्ष उपत्यकाका १४ ठाउँमा नागरिक सहायता कक्ष राख्ने महाशाखाले जनाएको छ । त्यस्तै टिकट काउण्टरका कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र भिर्नुपर्ने र राजमार्गमा चालकको मादक पदार्थ सेवन (मापसे) परीक्षण हुने प्रहरीले जनाएको छ ।
लामो दूरीका सार्वजनिक यातायातमा दुई चालक अनिवार्य नराखे कारबाही गरीने भएको छ । त्यस्तै, यौनजन्य अपराध नियन्त्रण गर्न सेफ्टी पिन अभियान सञ्चालन गरिने महाशाखाले जनाएको छ ।