
उदयपुर, पुस २८ गते ।
उदयपुरमा दुई जना फरार प्रतिबादी फक्राउ परेका छन् । वन मुद्दामा फरार रहेका अनिल चौधरी र दुखिलाल चौधरी आईतबार पक्राउ परेका हुन् ।
जिल्ला अदालतबाट बन मुद्दामा कसुर ठहर गर्दै त्रियुगा नगरपालिका–३ निबासी २८ वर्षीय अनिललाई ६ महिना कैद र २३ हजार जरिवाना र ५१ वर्षीय दुखिलाललाई ५ महिना ६ दिन कैद फैसाल सुनाएपछि फरार रहेको प्रहरीले जनाएको छ ।
कदै र जरिवाना चुक्ता नगरेकाले पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखी फैसला कार्यन्वयनका लागि जिल्ला अदालतमा उपस्थिति गराएउने प्रहरीले जनाएको छ ।
