
पूर्णपुष्टि, जेष्ठ २०
बन्द घर भित्र एक पुरुषको शव भेटिएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–७ बसहिया रोडको एक घरमा सडेको अवस्थामा एकजना पुरुषको शव भेटिएको हो ।
प्रहरीले बुधबार अन्दाजी ३० वर्षका पुरुषको शव स्थानीय वैद्यनाथ झाको घरमा फेला पारेको थियो । उक्त घरमा लामो समयदेखि कोही नबस्दा खाली रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घरमा बाहिरबाट ताला लगाएको थियो । घरको भित्र ओछ्यानमा सिरकले छोपेको अवस्थामा शव फेला परेको हो । दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ताला तोडेर भित्र हेर्दा बेडमा सिरकले छोपिएको अवस्थामा शव भटिएको प्रहरीले जनाएको छ ।
शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ । घटना शंकास्पद देखिएकोले यस सम्बन्धमा थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।
