
पूर्णपुष्टि,माघ २२
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले आज देश ब्यापीरुपमा बन्द हड्ताल गरेको छ । बन्दको प्रभाव धरानमा पनि परेको छ । आज भानु चोकमा बन्द गराउँदै हिँडेका प्रदर्शनकारी र मजदुरबीच सामान्य झडप भएको प्रहरीले जनाएको छ ।
केही समय विवाद भए पनि पछिल्लो समयमा अवस्था सामान्य भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीले धरानमा नै सवारी साधनमाथि ढुङ्गा प्रहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
धरानमा अहिले सार्वजनिक सवारी साधन सञ्चालनमा नरहेको प्रहरीले जनाएको छ ।
