
पूर्णपुष्टि, १६ पौष ।
बरुवा सामुदायीक वन उपभोक्त समूहमा अध्यक्ष एक्लै भएको छ । उपाध्यक्ष सहित अन्य पदाधीकारी र सदस्यहरुले सामुहिक राजीनामा दिए सँगै अध्यक्ष भगवती प्रसाद घिमिरे एक्लिएको हो । कार्यसमितिको विवाद नमिलेपछि सामुहिक राजीनमा दिएर १ उपाध्यक्ष सहित सबै पदका १६ जना पदाधीकारी र सदस्यहरुले राजीनामा दिएको हो ।
यता सल्लाहकार समितिका दुईजना र आन्तरिक लेखा परिक्षणका एकजनाले पनि राजीनामा दिएको छ । त्रिनपा १० बोक्सेको वडाकार्यालयको सहजीकरण र प्रस्तावमा राजीनामा दिईएको राजीनामा पत्रमा उल्लेख गरिएको छ । साथै डिभिजन बन कार्यालय बोक्से, सब डिभिजन बन कार्यालय मोतिगडा र सामुहिक वन माहासंघ पनि सहजीकरणमा रहेको छ । नयाँ कार्यसमितिका लागि अध्यक्षले बाटो खुलाउन अनाकानी गरेको उल्लेख जनाईएको छ । दुई पटकको साधारण सभाले समेत प्रस्तावको निर्णयहरु लिन नसकेको कारण बिवादित बनेको कार्य समिति १० नं वडा कार्यालयको रोहवरमा पटक पटक विवादीत निर्णय मिलाउन खोजिएको तर अध्यक्षले वास्त नगरेको साधारणसभामा मोवाईल स्वीच अफ गरेका जस्ता आरोपहरु उपाध्यक्ष सुविन्द्र बि.क को राजीनामा पत्रमा उल्लेख गरिएको छ ।


