Monday, April 20News That Matters

बर्खा सुरु भएसँगै बरुवा खोलामा बाढी सुरु भयो, यो बर्षको सुरुवाती बाढीका तस्विरहरु

पूणर्पुष्टि, असार, २

गाईघाट/बर्खा सुरु भए सँगै गाईघाटमा बाढीको जोखिम सुरु भएको छ । रौताको सिर भएर बग्ने बरुवा खोलाले बर्षेनी आसपासका वस्तिहरु साकेला टोल, वरुवा टोल, पुरानो गाईघाट लगाएत बजार क्षेत्रमा समेत असर गर्ने गर्छ । गाईघाट बजारको उत्तर पुर्वी भएर बग्ने बरुवा खोला भिरालो भएर बग्ने भएकाले यसले बस्ती बजारमा क्षेती पुराउँने गरेको छ ।

समयमै बाँधको कार्य नहुँदा हरेक बर्खाको समय स्थानीयहरु ढुक्क निदाउन समेत सक्दैन् । गत बर्ष पनि वस्तीमा बाढी छिरेपछि  ठुलो समस्या भएको थियो । बर्खा हुनु भन्दा अगबै बाँधको काम सक्नु पर्ने अवस्थामा अहिले भर्खरै बाँध निर्माणमा समाग्रीहरु जुटाउँदै गरेको अवस्था छ । ठुलो बाढी आयो भने जुटाको सबै सामाग्री समेत बाढीले बगाउने अवस्था छ ।

 बाढीको उच्च जोखिममा रहेको पर्यटन तथा सांस्कृतिक क्षेत्र साकेला थान, तथा भर्खरै निर्माण भएको स्वास्थ्य चौकी भवन र वस्तिहरु ।
            बर्खा छिरे सँगै भर्खर काम बाँध निर्माणको लागि तयार पारिएका ढुँगा, गिटी, र बालुवा बाढीले बगाउने अवस्थामा ।