Wednesday, May 27News That Matters

बर्दिवासमा सवलम्व बिकास बैँकको केन्द्रीय समिति बैठक सम्पन्न

मुना राई पूर्णपुष्टि फागुन ७ । महोत्तरीको बर्दिवासमा सवलम्व बिकास बैँक लि. कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । बैठकले निवर्तमान अध्यक्ष कार्यालय प्रमुखको जिम्मेवारी लिएर गएकाले बरिष्ठ उपाध्यक्ष देवराज मिश्रलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी लगायतको निर्णय तय गरेको छ । साथै युनियनको केन्द्रीय कार्यालयको प्रतिनिधिो रुपमा महासचिव मिन बहादुर खड्कालाई पठाईने निर्णय समेत गरेको छ । कार्यवाहक अध्यक्ष मिश्रका अनुसार बैठकमा संस्था भित्र देखिएका समस्या, यूनियत सँग भएका सहमती कार्यान्वयनको अवस्था, सुनियोजित तरिकाले

कमचारीलाई दुःख दिने समस्या, व्यवस्थापनबाट भएको लेखापरीक्षण नामको आतंक, श्रम सोस , वर्तमान अवस्थामा लघुवित्त क्षेत्रमा देखिएका वाह्य तथा आन्तरिक समस्याहरू, लघुवित्त विरुद्ध बजारमा आएका तथ्यहिन समाचार, लगायतका समस्यालाई तत्काल हल गर्नु पर्ने छलफल भएको जनाईएको छ । साथै संस्था व्यवस्थापनबाट भइरहेको ज्याजतिको विरुद्धमा कर्मचारी यूनियन खरो रुपमा प्रस्तुत हुने विशेषयमा समेत बृहत छ्लफल भएको युनियनका महासचिव मीन बहादुर खड्काले बताए ।