Wednesday, July 1News That Matters

बर्षाले गाईघाट ढुवान

पूणर्पुष्टि, असार, २७

पूणर्पुष्टि, असार, २७

बर्खाको लगतार पानीले गाईघाट बजार लगाएत आसपासको क्षेत्रहरुमा ढुवान भएको छ । शनिवारको ठुलो झरी बर्षाका कारण शनिवारको पानीले भने ठुलो ढुवान र क्षेति पुराएको छ ।

असारी लाईनको बाटोमा पानी जम्दा आवत जावतमै समस्या भएको छ ।

सडक निर्माणका कारण पानी व्यवस्थी नहुदा घर पसलमा पानी छिरेको छ । असारी जाने बाटो पुरानो सब्जी बजारका केही पसल, घर र होटलहरु पूर्णरुपले ढुवानमा परेको छ ।

पुरानो सब्जी बजारमा पानी जमेपछि आवत जावतमा समेत समस्या भएको छ ।

त्यस क्षेत्रको पसल तथा घरको कोठाकोठमै पनी छिरेको छ । सब्जी बजार अगाडीको रुबी मेडिकलमा पानीले ठुृलो क्षती पुराएको छ । करिब ५ लाख बराबरको औषधी पानीले ढुवाएर क्षेती पुराएको रुबी मेडिकलका संञ्चालक जय कुमार भगतले बताए । बिभिन्न खाले गोदाममा राखिएका औषधीहरु पानीले ढुवाएर नष्ट बनाएको उनले बताए ।

मेनचोकको नालीमा पानी नखसल्दा पानी सबै बगेर त्यस क्षेत्रमा आएको र अर्को ठाउँबाट पनि त्यही पानी आउनाले बर्षेनी यस्तो समस्या खेप्दै आएको स्थानीय राजु राइले बताए । उनले यस्को समधानमा तत्काल स्थानीय सरकार तथा सम्बन्धित निकायहरुले समधानको उपाय गरी आफुहरुलाई समस्याको हल गर्नु पर्ने माग राखेका छन् ।

https://www.facebook.com/Purnapusti420730/videos/599367197628735/

फोटो फिचर