
पूणर्पुष्टि, जेष्ठ, २१
उदयपुरमा १२ बर्षिया बालिका बलतकृत गरी गर्भवती बनाएको आरोपमा कटारी क्षेत्रका १७ बर्षिय १ किसोर पक्राउ परेको छ ।
पक्राउ पर्ने युवा कटारी नगरपालिका आसपासका रहेका छन् । किशोरीमा स्वास्थ्य समस्या आएपछि परिवारले स्वास्थ्य परिक्षणका लागि कटारी अस्पताल पुराएका थिए । अस्पतालले पटक पटक परिक्षण गर्दा किशोरीको पेटमा गर्भ रहेको रिपोर्ट आएको कटारी अस्पतालले जनाएको छ ।
कटारी अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेट डाक्टर मुकलेस माधवीले ४ पटक सम्म पिसाब बाट परिक्षण गरिने युरिन प्रिभिन्टी गर्दा ४ पटकै पोजेटिभ आएको बताउनुभयो । पछि थप अल्ट्रसाउण्ड गरेर हेर्दा बालिकामा ८ हप्ताको गर्भ रहेको पत्ता लागेको उहाँले बताउनुभयो ।
