
पूर्णपुष्टि,माघ ५
बलात्कार गरेको आरोपमा प्रहरीले अनुसन्धानका लागि हुम्लाको एक पुरुषलाई पक्राउ गरेको छ । उत्तरी नाम्खा गाउँपालिका–२ च्यादुक गाउँका फरक क्षमता भएका ४५ वर्षीय पुरुषले सोही गाउँकी ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
महिलाले आफुलाई बलात्कार गरेको भन्दै माघ १ गते प्रहरीलाई उजुरी दिएपछि पुरुषलाई धारापोरी प्रहरीचौकीको टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिमकोटमा पुर्याएको जिल्ला प्रहरी हुम्लाले जनाएको छ ।
प्रहरीका अनुसार आरोपित पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ । पीडित महिलाको माघ २ गते जिल्ला अस्पताल हुम्लामा स्वास्थ्य परीक्षण गरिएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ ।
