Wednesday, May 20News That Matters

बलात्कारको आरापमा युवा पक्राउ

उदयपुर, पुस २३ गते । 

उदयपुरमा एक बालिका बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेको छ । त्रियुगा नगरपालिका–१२ निबासी १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा श्रवण खड्का पक्राउ परेको हो ।

जबरजस्ति करणी गरेको भनी जिल्ला प्रहरी कार्यालयमा पिडितको अभिभावकले जाहेरी दिएपछि सिराहा धनगढीमाई नगरपालिका–१२ निबासी २० वर्षीय खड्कालाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।