
पूर्णपुष्टि, फागुन १० ।
इलाम नगरपालिका–१० स्थित मेची राजमार्गमा बस अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने चारजना घाईते भएका छन । बारा जिल्लाको सिम्राहागण नगरपालिका–७ का ३५ वर्षीय प्रदिप कुसुवाहको मृृत्यु भएको हो भने, अन्य चार जना घाइते भएका छन् ।
हिजो राती ९ बजे बारा जिल्लाबाट इलाम घुम्न आएका ४४ जना सवार ना.४ ख ६२४८ नम्वरको बस अनियन्त्रित भई सडकको नालीमा ठोकिएर दुर्घटना भएको थियो । सो दुर्घटनामा कुसुवाह झ्यालबाट हाम्फाल्ने क्रममा बसले चेप्पिई घटना स्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भिर घाईते भएका ४० वर्षीय धुरुप कुसुवाहको बि.एण्ड.सि. अस्पताल बर्तामोडमा र अन्य सामान्य घाईते तीनजनाको स्थानिय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भईरहेको छ ।
