
पूर्णपुष्टि, साउन ६
सिराहामा यात्रुबाक बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, भने १३ जना घाईते भएका छन् । बरियारपट्टि गाँउपालिका–३ निवासी ३५ वर्षीय गणेश मुखियाको बस दुर्घटनामा ज्यान गएको हो ।
जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा जिरोमाइलबाट बडियारपट्टी जाने क्रममा बा २ ख ७१ नम्बरको बस पल्टिँदा बसमा सवार मुखियाको ज्यान गएको प्रहरीले जनाएको छ । तीव्रगतिमा गइरहेको बस अनियन्त्रित भई दुर्घटना हुँदा मुखियाको घटनास्थलमै ज्यान गएको थियो ।
दुर्घटनामा परी घाइते भएका १३ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै चालक फरार रहेकाले खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
