Friday, May 15News That Matters

बसको ठक्कर बाट दुई पैदल यात्रीको मृत्यु

पूर्णपुष्टि, फागुन ५
बसको ठक्कर बाट काठमाण्डौँमा दुई पदल यात्रीको मृत्यु भएको छ । बालाजु स्थित गंगाहल अगाडी बिहीबार बिहान करिब ६ बजे मिनीबसले पैदल यात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनीहरूलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी ५०(५५ वर्षीया महिला रहेको महानगरीय ट्राफिक महाशाखाका एसपी संजिव शर्माले जानकारी दिए । एसपी शर्माका अनुसार बालाजुस्थित गंगा हल अगाडि बाटो काट्ने क्रममा बसले उनीहरूलाई ठक्कर दिएर फरार भएको थियो। बसको नम्बर खुल्न सकेको छैन। यद्यपी दुई तीन वटा शंकास्पद बसलाई नियन्त्रणमा लिएर प्रहरीले छानबिन सुरू गरेको छ ।