Tuesday, April 21News That Matters

बसको ठक्कर बाट स्कुटरमा सवार एकको मृत्यु, दुई जना घाईते

पूर्णपुष्टि, बैशाख २
काठमाडौंको बेसिगाउँमा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा स्कुटरमा सवार ओखलढुङ्गा घर भएका १८ वर्षीय दिपेन दाहालको मृत्यु भएको हो ।

जोरपाटीबाट सुन्दरीजलतर्फ जाँदै गरेको बा ३ ख १३१८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०२–०१२ प ५३२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाईते भएका दाहालको उपचारका क्रममा हिजो दिउँसो पौने ४ बजे जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट स्कुटर चालक र स्कुटरमा पछाडि सवार अर्का एक जना घाइते भएका छन् । दुबै जनाको नेपाल मेडिकल कलेज जोरपाटीमै उपचार भइरहेको छ । बस र चालकलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिईसकेको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।