Thursday, May 21News That Matters

बसको ठक्करबाट घाईते भएका दुवै जानको मृत्यु

पूर्णपुष्टि,कार्तिक २२
सुनसरी कोशी गाउँपालिका–८ भण्टाबारी चोक स्थित पुर्व–पश्चिम राजमार्गमा हिजो बिहान १० बजे बसको ठक्करबाट घाईते भएका दुबै जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाईकल चालक सोही स्थानका ३० वर्षीय अल्ताप मिया र पछाडी सवार ३० वर्षीय गियासुदिन मिया रहेका छन् ।
उनिहरुको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो साढे ११ बजे मृत्यु भएको थियो । पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्र१–०१–००१ ख ३५३० नम्बरको बसले विपरित दिसा तर्फबाट आउदैँ गरेको प्र.२–०१–००१प ०७६३ मोटरसाईकललाई ठक्कर दिई दुर्घटना भएको थियो । बस र बस चालक झापा कनकाई नगरपालिका–३ सुरुङ्गा का ५५ वर्षीय पुष्प अधिकारी जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।