
पूर्णपुष्टि,वैशाख ३
सुनसरीमा बसको ठक्करबाट एकजना पैदल यात्रीको ज्यान गएको छ । बराहक्षेत्र नगरपालिका–४ धनपुरी नयापुलका ५७ वर्षीय राजन कार्कीको बसको ठक्करबाट ज्यान गएको हो ।
आज दिउसो पौने १ बजे चतराबाट झुम्का तर्फ जादैँगरेको ना ६ ख ७१४० नम्बरको बसले ठक्कर दिँदा कार्कीको घटनास्थलमानै ज्यान गएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ । बस र चालक बराहक्षेत्र–५ का ४६ वर्षीय गोपाल गौतम नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
