Thursday, May 21News That Matters

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

मोरङ, माघ १७ गते । 

मोरङको सुन्दर हरैचामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । सुन्दर हरैचा  नगरपालिका–१० निबासी ४१ बर्षीय बुद्धिराम राईको मृत्यु भएको हो ।

पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको को ३९ प ७६०७ नम्बरको स्कुटरलाई सोही दिशा जाँदै गरेको को १ ख ३२०२ नम्बरको बसले गत बेलुकी साँढे ६ बजे पछाडीबाट ठक्कर दिएको थियो । दुर्घटनामा घाईते भएका राईको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा राती साँढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस र बस चालक प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।