
पूर्णपुष्टि, जेठ ११
झापाको शिवसताक्षी नगरपालिका–१ स्थितमा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।
आज बिहान साँढे ७ बजे पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४० प ७१४९ नबम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको को. १ ख ७१८७ नम्बरको बसले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकलको पछाडि सवार भोजपुर षडानन्द नगरपालिका–८ का २३ बर्षीय टिचोहाङ राईको घटनास्थलमानै मृत्यु भएको हो । ठक्कर दिने बस र चालक मोरङ उर्लाबारी नगरपालिका–२ का ४५ बर्षीय टेक बहादुर पुरीलाई ईलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।
