Friday, May 15News That Matters

बसले किचेर सह–चालकको मृत्यु

भोजपुर, कार्तिक २२ गते । 

भोजपुरको ट्याम्केमैयुममा बसले किचेर सह–चालकको मृत्यु भएको छ । टयाम्केमैयुम गाउँपालिका–२ निबासी २४ बर्षीय बिकाश राईको मृत्यु भएको हो ।

भोजपुरबाट चखेवा चल्ने बा ४ ख ८५५९ नम्बरको बस चखेवामा पुगी पार्किङ गरेको र पार्किङ स्थलमा बसको पछाडीको टायरमा ओट लगाउने क्रममा  बस ब्याक भई किच्दा सह–चालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घटनाको थप अनुसन्धान भई रहेको छ भने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।