Thursday, May 7News That Matters

बसले बस पार्कमा दुई बालबालिका लपपत्र पा¥यो

उदयपुर, भदौ २६ गते ।

हिमाली यातायात व्यवसायी केन्द्रद्वारा संचालित एक बसले दुई बालबालिकालाई बस पार्कमै अलपत्र पारेका छ । सदरमुका गाईघाटको त्रियुगा बस पार्कमा को १ ख ४७२२ नम्बरको बसले कमल शाही ठकुरी र रितु तामाङलाई अलपत्र पारेको हो  ।

मुलघर दैलेख मलु भएका १२ वर्षिय बालक ठकुरी र ३ वर्षिय रितु तामाङलाई बस पार्कमा बसले अलपत्र पारेको थियो । खोटाङ बारापोखरी–१ खोसार्नेबाट हजुरआमालाई भेटेर आउने क्रममा पर्वत तामाङलाई बनेपासम्म पु¥याउने जिम्मा लगाएको थियो । तर तामाङले बालबालिकालाई रौतामाई गाउँपालिका ४ रसुवाघाटमा हिमाली यातायात व्यवसायी केन्द्रद्वारा संचालित बसमा चढाएर बस कण्डक्टर र बस ड्राइभरलाई बनेपासम्म छोडि दिने सर्तमा लिएर आएका थियो ।

बनेपासम्म पु¥याउने जिम्मा लिएर आएका बस चालक र बसका कण्डक्टरले बस पार्कमा ति बालबालिकालाई ओरालेर अलपत्र छाडेको सँगै बसमा आएकी कमला पोखरेलले बताईन् । बसमा चढेदेखि बालकालिकाले उल्टी गर्न थालेको सम्हाल्दै बस पार्कसम्म ल्याएको उनले बताईन् । ‘अभिभावक को हो थाह भएन, तर बच्चाहरु रुने कराउने गर्नथालेपछि आफुले स्याहार सुसार गर्दै याहाँसम्म ल्याएको उनले बताईन् ।

बालकालिकाको बस चालक, कण्डक्टरले कुनै वास्ता नगेको पोखरेलले बताईन् । अभिभावक विना बच्चा जिम्मा लिने कस्तो बस व्यवसायी हो उनले बताए ।

रसुवामा बस चालकलाई बनेपासम्म छोडनको लागि भाडा समेत दिइएको बालक कमल ठकुरीले बताए । उनका अनुसार हामीलाई बनेपासम्म छोड्ने जिम्मा बस ड्राइभरले लिएको थियो तर, हामीलाई बसपार्कमा अलपत्र पा¥यो ।

यातायात समितिले बस चालक र कण्डक्टरले यस्तो गल्ती नगरेको जनाएको छ । दुवै बालबालिका अहिले जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

तामाङकी आमा निरा तामाङलाई फोन सम्पर्क गर्दा छोरीलाई माइतमै छोडेर बनेपा आएको स्वीकार गरेकी छिन् भने ठकुरीका बुवा रमेश ठकुरी बनेपामा मजदुरी गर्दै आएका छन् । निरा तामाङ रमेशको दोस्रो श्रीमति हुन् ।