पूर्णपुष्टि, मङ्गिर १९ ।
उदयपुरको बसाहामा ब्याड्मिन्टन कबर्डहलको आज उद्घाटन भयो । स्व। सनातकुमार राई स्मृती कबर्डहलको उद्घाटन चौदण्डिगढी नगरपालिकाका मेयर कालु लामाले गरेका हुन् ।
स्व। राईको नाममा छोरा(छोरीहरुले करिव ४० लाख बराबरको १ कठ्ठा १५ धुर जग्गादान गरेको र नगरको ४९ लाख लागतमा निर्माण भएको जनाईएको छ।
मेयर लामाले कबर्डहलसंगैे ब्याड्मिन्टन प्रतियोगिताकोसमेत उद्घाटन गरे ।
नगरपालिकाको संयोजन तथा बसाहा ब्याड्मिन्टन क्लबको आयोजना रहेको प्रतियोगिता २ दिन सञ्चालन हुनेछ । विजयीहरुलाई नगद पुरस्कारसहित शिल्ड, ट्रफी, प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । खुल्ला तथा भेट्रान्स गरि दुई इभेन्ट्समा हुने रेफ्री सन्तोष कटुवालले बताए

