
पूर्णपुष्टि, वैशाख २६ ।
१ नंं प्रदेश प्रहरी प्रमुख इश्वरबाबु कार्कीले देशकै सबैभन्दा बढि संक्रमित २८ जना भेटिएको उदयपुर जिल्लामा खटिएका प्रहरीहरुलाई आज भेट गरी कामप्रति थप जिम्मेवार र कर्तब्यनिष्ट बन्न प्रोत्साहित गर्नुभएको छ ।
उहाँले जिल्ला प्रहरी कार्यालय उदयपुरको भ्रमणसहित निर्देशन गर्दै प्रहरीलाई काममा प्रोत्साहित गर्नुभएको हो । जिल्लाको वस्तुस्थिति बुभ्mदै प्रहरीको मनोवल उच्च बनाउन दिउसो आउनु भएका प्रदेश प्रहरी प्रमुख कार्की भ्रमण तथा निर्देशन पछि आजै फर्कनु भएको छ ।
जिल्लाको वस्तुस्थितिको बारेमा जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले जानकारी दिनुभएको थियो । प्रदेश प्रहरी प्रमुख कार्की र प्रमुख जिल्ला अधिकारी दिपक पहाडीबीच पनि भेट भएको थियो ।
