Tuesday, June 2News That Matters

बहिनीको घर जाने क्रममा बाटो भुलेकी महिलालाई बन्धक बनाएर सामुहिक वलत्कार, अवस्था गम्भीर

पूर्णपुष्टि, माघ ९
मोरङमा एक महिला सामुहिक वलत्कारको सिकार भएकिछिन् । उनि पसल बाट बहिनीको घर फर्कने क्रममा बाटो भुलेर अलपत्र परेकी थिईन् । सोहि अवस्थामा महिलालाई होटलमा बन्धक बनाएर ३ युवाहरुले सामूहिक वलत्कार गरेको छ । सुन्दरहरैचा नगरपालिका(४ बलियामा इटहरीबाट बहिनीको घर गछिया जाँदै गरेकी ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बेलबारी नगरपालिका(४ की ३० वर्षीया महिलाले शुक्रबारबाट इटहरीमा काम गर्न थालेकी थिइन् । काम सकेर साँझमा उनी गछियास्थित बहिनीको घर फर्कदै थिइन् । उनी इटहरीबाट बस चढेर शुक्रबार साँझ करीब ६ बजे गछियासम्म पुगिन् । तर बहिनीको घरसम्म पुग्ने बाटो बर्सिइन् ।

बाटो सोध्दा रामबहादुर नेपालीले बहिनीको घरसम्म पुर्‍याइदिने भन्दै प्रदेश २(०१(००१ च २२७ नम्बरको गाडीमा चढाए । तर उनले गाडी घुमाउँदै सुन्दरहरैचा(४ बलियामा रहेको श्रेष्ठ होटल एण्ड फेमिली लजमा लगे । सोही लजमा ती महिलामाथि रातभर सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । महिलाको अत्यधिक रक्तश्राव भएका कारण अवस्था गम्भीर रहेको बताईएको छ । उनलाई कोसी अस्पताल विराटनगरमा भर्ना गरेर उपचार जारी छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मञ्जील मुकारुङ अनुसार घटनामा संलग्न भएका होटल सन्चालक ३६ वर्षीय अर्जुन श्रेष्ठ पक्राउ परेका छन् । सोही होटलमा काम गर्ने आरती श्रेष्ठलाई पनि नियन्त्रणमा लिइएको छ । बलात्कारको घटनामा संलग्न भएको भनिएका २७ वर्षीय मनोज श्रेष्ठ र झापा घर भएका रामबहादुर नेपाली फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बाँकी दुईजना फरार अवस्थामा रहेको र प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ । पीडित महिलाका ४ वर्ष र १७ महिनाका दुई जना छोरी छन् । पीडित महिला सपरिवार खोटाङबाट गत असोजमा मोरङको बेलबारी बसाइँ सरेर आएका थिए । उनका श्रीमान् २ महिनाअघि पहाड घर खोटाङ गएका थिए ।

दुई छोरीलाई गछियास्थित बहिनीको घरमा छाडेर काम गर्न गएकी उनलाई कामबाट फर्कने क्रममा अपहरण शैलीमा लगेर बलात्कार गरिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा महिलालाई बेहोस बनाएर करणी गरेको देखिएको प्रहरीले बताएको छ ।
चिकित्सकका अनुसार महिलाको योनाङ्गमा गम्भीर चोट छ । महिलाको शरीरभरी नीलडाम र चोटपटक पनि छ । यौनाङ्गमा चोट लागेका कारण रक्तश्राव भएको हो । अत्यादिक रक्तश्रावका कारण महिलाको अवस्था गम्भीर रहेको समेत चिकित्कसकले जनाएको छ ।