Tuesday, June 9News That Matters

बहुविवाह र ठगी अभियोगमा युवक पक्राउ

पूर्णपुष्टि, भदौ ६

बहुविवाह र ठगाी गरेको अभियोगमा जनकपुरबाट प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–११ घर भएका २६ वर्षीय विकास कुमार शाहलाई प्रहरीले पक्राउ गरेको हो । विकास र उनी कान्छी पत्नी मनिला कुमारी दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता (डिएसपी) जीतेन्द्र कुमार बस्नेतले बताउनुभयो ।

जनकपुर उप–महानगरपालिका–४ स्थित मुरली चोकबाट पक्राउ परेका शाह दम्पतीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट विकास बैंकिङ्ग कसुर र ठगीमा पनि संलग्न रहेको खुल्न आएको छ ।

शाहले सरकारी र गैरसरकारी संस्थाहरुमा ‘आवश्यक सामान सप्लाई गर्छु’ भनेर महङ्गो मूल्य पर्ने इलेक्ट्रोनिक सामान उधारोमा लिएर ठग्ने गरेको डिएसपी बस्नेतले बताउनुभयो । सामान किनेपछि पसल सञ्चालकलाई ‘खातामा पैसा छ’ भनेर उनले चेक दिन्थे । तर, चेक साट्नुअघि नै खाताबाट पैसा निकालेर उनले ठग्ने गरेका थिए ।