
पूर्णपुष्टि, २४ जेष्ठ ।
उदयपुरको चर्चित होम स्टे बहेडुवा थारु होम स्टेले सांस्कृतिक भवन निर्माण सुरु गरेको छ । लामो समयदेखी आगन्तुकहरुलाई सांस्कृतिक मनोरञ्जनमा समेत जोड्ने उदेश्यले भवन निर्माणको लागि पहल कदमी गर्दै आएका होम स्टेले भवन निर्माण सुरु गरेको हो । होम स्टे संञ्चालक समितिका सल्लाहकार उत्तिमलाल चौधरीका अनुसार बिभिन्न संघ संस्थाको अनुदान तथा व्यक्तिगत सहयोगमा भवन निर्माण सुरु गरिएको जनाए । भवनका निर्माणलाई देउसी भैलोको रकम, त्रियुगा नगरपालिकाका मेयर र उपमेयर, साना किसान सहकारी, मनोज फाउन्डेशन, राम प्रसाद राई फाउन्डेसन, सामुदायिक वन र होमेस्टे आफैले आर्थिक सहयोग जुटाएको छ । उक्त भवनमा करिब सय जना पाउनाहरु अटाईने चौधरीले जनाए ।
भवन निर्माणलाई कोशी प्रदेश पर्यटन वन तथा बाताबरण मन्त्रालयले पनि सहयोग गर्ने सम्भावना रहेको छ । होम स्टेमा आवश्यक अन्य सबै खाले सेवाहरु उपलब्ध भएपनि सांस्कृतिक भवन भने निर्माण हुन सकेको अवस्था थिएन । बिभिन्न पहल कदमीले सांस्कृतिक भवन समेत निर्माण सुरु भएको अध्यक्ष भगवान सिंह चौधरीले जनाए । सांस्कृतिक भवन निर्माण भएपछि होम स्टेमा सबैखाले सुविधाहरुको प्याकेज पुरा हुने उनले जनाए । सांस्कृतिक भवन होम स्टे नजिकै समाजसेवी समूहको भवन अगाडी निर्माण भैरहेको छ ।
