Sunday, May 17News That Matters

बाघको छालासहित २ जना पक्राउ

पूर्णपुष्टि, भदौ २२

बझाङमा पाटे बाघको छाला र हड्डीसहित दुई जना पक्राउ परेका छन् ।
दुई वटा पाटेबाघको छाला र हड्डीसहित गतराति बुङ्गल नगरपालिका–३ बाट बुङ्गल–६ का हरजित बोहरा र वीरेन्द्र बोहोरालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट पाटेबाघको दुई थान छाला र नौ किलो हड्डी बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धन भईरहेको प्रहरीले जनाएको छ ।