Sunday, April 26News That Matters

बाटो खन्दै गरेको स्काभेटर सुख्खा पहिरोमा पुरिदा चालकको ज्यान गयो

पूर्णपुष्टि, बैशाख १४

बाटो खन्ने क्रममा माथि बाट खसेको सुख्खा पहिरोमा परि स्काभेटर चालकको ज्यान गएको छ । पहिरोमा परि स्काभेटर चालक आइतबार साँझ सुख्खा पहिराले स्काभेटर पुरिँदा भूमे–१ लुकुमका ४२ वर्षीय कर्णवीर पुनको ज्यान गएको इलाका प्रहरी कार्यालय खाबाङका प्रहरी प्रमुख शविन शाहले जानकारी गराउनुभयो ।

भूमे गाउँपालिका–८ सिमखोला (पूर्साबाङ) मा बाटो खन्ने क्रममा पहिरोले स्काभेटर पुरिएको थियो ।

घटना स्थलमा पत्ता पाउने बित्तिकै प्रहरी पुगेको भएपनि तत्काल सहज तरिकाले उद्धार गर्न सकिने अवस्था नरहेको शाहाले बताउनुभयो ।

सडक मर्मत भईरहेको उक्त ठाउँमा कमजोर माटो भएको हुँदा मानिसले नै खन्ने र उपकरणको प्रयोग नगर्ने भनिएको गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो । ठेकेदार कम्पनीले उपकरण प्रयोग गरेपछि घटना भएको अध्यक्ष मगरले जानकारी दिनुभयो पहिराले पुरेको स्काभेटरको बकेट मात्र देखिएको छ ।