Tuesday, April 21News That Matters

बाढी पहिरोबाट विस्थापित १६ परिवारलाई राहत वितरण

पूर्णपुष्टि,असार ८ । संखुवासभामा बर्षा संगै आएको बाढी पहिरोबाट विस्थापित १६ परिवारलाई राहत वितरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बाढी पहिरोबाट विस्थापितलाई राहत वितरण गरेको हो । जिल्लाका विभिन्न स्थानका २१ परिवार विस्थापित भएका थिए ।

जिल्ला प्रशासन कार्यालय संखुवासभामाका प्रशासकीय अधिकृत विमल पौडेलले बाढी पहिरोमा परी विस्थापित भएका १६ परिवारलाई राहत वितरण गरिएको बताए । उनका अनुसार परिवारका सदस्य पाँच जनाभन्दा कम भएको विस्थापित परिवारलाई १५ हजार र पाँच जनाभन्दा बढी भएकालाई २० हजार रूपैयाँ वितरण गरिएको छ ।

पाँचखपन नगरपालिकामा चार परिवारलाई ७० हजार, चैनपुर नगरपालिका नगरपालिकामा नौ परिवारलाई रु एक लाख ४० हजार तथा सभापोखरी गाउँपालिकामा दुई परिवारलाई ३० हजार वितरण गरिएको छ । बाढी पहिरोबाट विस्थापित भएका २१ घर परिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन्।

गत शनिबार राति अविरल वर्षसँगै आएको बाढीका कारण जिल्लाका विभिन्न स्थानका २० जना अझै बेपत्ता छन् । बाढी पहिरोबाट २० जनामध्ये १६ जना सुपर हेँवाखोला हाइड्रोपावरका, अपर हेँवाखोला जलविद्युत् आयोजनाका एक जना, अमर कन्ट्रक्सनका एक जना र सभापोखरी गाउँपालिकामा दुई जना बेपत्ता भएका छन्।