
पूर्णपुष्टि, साउन १६ गते ।
अविर वर्षासँगै खोलामा बाढी आउदा मदन मण्डरी राजमार्ग अवरुद्ध भएको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका–६ दनुवारबेसी स्थीत मौवासी खोलामा बाढी आएर नाला बगाउदा सवारीसाधन तार्न समस्या भएको छ । नाला बगाउदा सयौ सवारीसाधन रोकिएका छन् ।
बाढीले सवारीसाधन वारपार गर्न समस्या परेपछि खोलामा बाढी कम भएको मौका पारेर ठूला साधनलाई डोजरले तानेर तार्ने गरिएको छ । मोटरसाईकल तार्न भने स्थानीयको सहयोग लिनुपर्ने अवस्था छ । मोटरसाईकल तारेको स्थानीयले पाचँ सय लिने गरेका छन् ।
मदन भण्डारी राजमार्ग निमार्णको अन्तिम चरणमा पुगे पनि मौवासी लगाएतका केही स्थानमा समयमै पुल निमार्ण नहुँदा यात्रु तथा सर्वसाधरणले दुख पाउने गरेका छन् । पानी परिसँगै आवागमन बन्द हुँदा सयौँ सवारीसाधनमा यात्रा गरिरहेको यात्रुहरु अलपत्र परेका छन् ।
फोटो फिचर

