Monday, June 29News That Matters

बाढीले गरेको क्षति अवलोकन गर्दै प्रचण्ड

पूर्णपुष्टि, असार २७

अविरल वर्षासँगै आएको बाढी पहिरोले पु¥याएइको क्षतिबारे जानकारी लिन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुग्नुभएको छ ।

आज चितवन पुग्नु भएका प्रचण्डले नारायणी नदीले कटान गरेको मेघौली र माडी क्षेत्रको अवलोकन गर्नुभएको हो ।

मेघौली निउरे चोकमा कटान भएको क्षेत्रको अवलोकनपछि बलियो तटबन्ध गराउने तयारी भएको प्रचण्डले स्थनीयलाई बताउनुभयो ।

प्रधानमन्त्रीसँग मिटिङ भए पनि बाढी ग्रस्त क्षेत्रको निरीक्षणमा आएको उहाँले बताउनुभयो । माडी र मेघौली दाहालको निर्वाचन क्षेत्र चितवन–३ अन्तर्गत पर्छ ।