Thursday, June 11News That Matters

बाबुले गरे आफ्नै छोराको हत्या

पूर्णपुष्टि, जेष्ठ १३

बाँकेमा बाबुले आफ्नै छोरालाई धारीलो हत्यार प्रयोग गरी हत्या गरेको छ । सामान्य घरायसी विवादका कारण बाबुले छोरालाई धारिलो हत्यार प्रयोग गरेकोे बाँके प्रहरीले जनाएको छ ।

कोहलपुर नगरपालिका वडा नं. १२ चप्परगौडीमा आफ्नै बुवाले आँसी प्रहार गर्दा अन्दाजी २० वर्षिय छोराको मृत्यु भएको हो ।

बुधबार राती करिब ९ बजेको समयमा ५० वर्षिय ठाकुरी प्रसाद ओलीले आफ्नै २० वर्षिय छोरा पोषण ओलीको गर्धन (घाँटी) मा हसिया प्रहार गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । हसिया प्रहारबाट गम्भीर घाईते भएका ओलीलाई उपचारकालागि भेरी अस्पताल नेपालगन्ज पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरको संचार शाखाले जनाएको छ ।

नुहाउन बाथरुम छिरेको अवस्थामा छोरालाई आँसी प्रहार भएको हुनसक्ने घटनाको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पारीवारीक विवादका कारण घटना भएको बताउँदै प्रहरीले घटनामा संलग्न ठाकुरलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडी बढाईएको जनाएको छ ।