
पूणर्पुष्टि, साउन, १३
पार्टी विग्रह तत्काल रोक्नका लागि बामदेव गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किँदै जाँदा उपाध्यक्ष गौतमले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसामु यो प्रस्ताव अघि बढाएको हो ।
जसअनुसार गौतमले ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने प्रस्ताव गरेका छन् ।
यस्तै प्रचण्ड एकता महाधिवेशनसम्म पूणर् कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने, पार्टीको एकता महाधिवेशन सहमतिको आधारमा गर्ने, प्रधानमन्त्रीको दैनन्दिनका कामहरुमा हस्तक्षेप नगर्ने गौतमको प्रस्ताव छ । तर, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयहरुमा निणर्य गर्नुपूर्व पार्टीको सचिवालयसँग परामर्श गर्नुपर्ने समेत उल्लेख छ ।
यसैगरी पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शको आधारमा मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्नुका साथै संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयमा परामर्श लिने पनि गौतमको प्रस्ताव छ ।
