
उदयपुर/फागुन, १७
त्रियुगा नगरपालिका वडा नं १३ ढिक वडा कार्यल स्थित बालअधिकार बिषेश २ दिने क्षमता विकास तालिम शनिवार सम्पन्न भएको छ । त्रियुगा नगरपालिका वडा नं १३ को आयोजनामा शुक्रबार बाट शुरु भएको कार्यक्रम सम्पन्न भएको हो । वडा अन्तर्गत वडा स्थरीय बाल समूह र सञ्जालका १ सय २५ जना पदाधीकारीहरु तालिम दिएका थिए ।
विद्यालय, वडा, र समूहका पदाधीकारीहरुलाई बालअधिकार बारे बिषेश तालिमले धेरै कुराको ज्ञान दिएको सहभागीहरुले जनाएको छ । बालअधिकार भित्र पर्ने थुप्रै अधिकारहरु बारे पूर्ण जानकारी पाएको र बालबालिकाहरुले रोज्ने सहि गन्तव्यको बारेमा थप कुराहरु तालिममा बुझिएको सहभागीहरुले बताए ।
आफुहरुले तालिममा पाएको धेरै ज्ञानहरुबाट अन्जान रहेको पनि उनिहरुले बताए । तालिमले बालबालिकाहरुको अधिकार र सकरात्म कार्यतर्फ स्पष्ट पारेको पनि सहभागीहरुले जनाए । देशैभर वालमैत्री वडा घोषणाको कार्यक्रम चलिरहँदा १३ नं वडामा पनि यस कार्यक्रम अघि सारिएको १३ वडाकाकी वडाअध्यक्ष पशुपति चौधरीले बताउनुभयो ।
उहाँले बालबालिकाहरुलाई सहि बाटो देखाउन र अन्जानमा नराम्रो कामप्रति नलाग्न अग्रिम रुपमा यस तालिममले सुझाउने चौधरीले बताउनुभयो । तालिममा बाल बिबाह, लागुऔषाध, पन्जिकरण, बालमैत्री स्थानीय शासन लगाएत महत्वपूर्ण विषयहरु बारे चर्चा गरिएको वडा नं १३ की वडा सचिव भिमा राईले बताउनुभयो ।
तालिमको सहजीकरण लागुऔषाध बारे जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रतिनिधि प्रहरी साहयक निरिक्षक गंगा राम राई, पञ्जिकरण सम्बन्धि त्रियुगा नगरपालिका वडा नं १३ की वडा सचिव भिमा राई र बालमैत्री स्थानीय शासन बारे जाल्पा एकीकृत विकास समाज उदयपुरको फिल्ड अफिसर युवाराज राई लगाएतले गर्नुभएको थियो ।

