Friday, May 22News That Matters

बाल मृत्युदर पहिलेकै अवस्थामा फर्कन सक्ने

पूर्णपुष्टि, भदौ २६

कोरोना महामारीले गर्दा बाल मृत्युदर पहिलाकै अवस्थामा फर्कन सक्ने संयुक्त राष्ट्र सङ्घीय बाल कोष (युनिसेफ) ले चेतावनी दिएको छ ।
बाल मृत्युदर घटाउन पछिल्लो दशकमा हात पारेको उपलब्धि कोरोनाको कारण जोखिममा परको युनिसेफले जनाएको छ । सन् २०१९ मा विश्वभर इतिहासकै सर्वाधिक कम अर्थात् ५२ लाख बालबालिकाको मृत्यु भएकोमा कोरोना महामारीले गर्दा बाल तथा मातृ स्वास्थ्य सेवाहरू बन्द हुन पुगेकाले थप लाखौँ बालबालिकाको जीवन जोखिममा परेको जनाएको छ ।

नेपालमा लकडाउन अघिको तुलनामा गर्भवती परीक्षणमा ६० प्रतिशतले र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्यामा ३५ प्रतिशतले कमी आएको युनिसेफले जनाएको छ । यसले गर्दा नेपालमा बाल तथा मातृ मृत्युदरमा उल्लेख्य वृद्धि हुन सक्ने त्रास छाएको छ ।

युनिसेफले यसै वर्ष गरेको सर्वेक्षणका अनुसार नवजात शिशुको लागि अत्यावश्यक सेवा, गर्भवती परीक्षण, स्त्रीरोग तथा सुत्केरीपछिको स्वास्थ्यहरूमा लगभग ७५ प्रतिशतले कमी आएको छ ।